FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिन्दुरे रोगले कफीका बोट सुक्न थाले

    • कृषि टि.भी.
    • १ साल अघि
    • १९ पटक पढिएको
    सिन्दुरे रोगले कफीका बोट सुक्न थाले

    पाल्पामा कफीखेतीमा सेतो गबारो र सिन्दुरे रोग देखिन थालेको छ । ती रोगले कफीका बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् । कफी व्यवसायी सङ्घ पाल्पाका संयोजक कमलराज खनालले यसवर्ष कफीका बोटमा सिन्दुरे र गबारो रोग देखिएको र यसका बोट सुकेर जान थालेको जानकारी दिनुभयो । जिल्लामा गत वर्ष झण्डै १५ टन कफी उत्पादन भएको थियो । गत आवमा अत्यधिक चिसोका कारण कफी उत्पादन कमी भएको उहाँले बताउनुभयो । तानसेन छापका किसान भीमबहादुर मिधुनले सुकेको कफीको बोट काटेर हेर्दा हाँगाका किरा भेटिएका जानकारी दिनुभयो । कफीखेती छाहरीमा गरिने छाहरीको अभावका चिसोले समस्या देखिएको बताइएको छ ।
    कफीखेतीबाट आम्दानी लिन तीन–चार वर्ष कुर्नुपर्ने बाध्यता रहेको र लगानीअनुसार प्रतिफल नभएपछि किसान विस्थापित हुन थालेका छन् । कफीखेती गर्ने युवा वैदेशिक रोजगार, तराईमा बसोबास झर्दा ज्याला मजदुरी गर्नेको अभाव भएको छ । व्यावसायिकरूपमा कफी गर्दा रु २० मा एक किलो बिक्री गर्नुपर्ने बाध्यता थियो तर अहिले प्रतिकिलो रु ९० मा गाउँबाटै बिक्री हुन्छ । राम्रो आम्दानी हुने भएपछि गाउँले व्यावसायिकरूपमै यसतर्फ आकर्षित भएको स्थानीयवासी यमबहादुर थापाले बताउनुभयो ।
    जिल्लाको आठ पालिकामा व्यावसायिक कफी उत्पादन, सङ्कलन, बजारीकरणको पहुँच विस्तार गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा १६३ हेक्टर क्षेत्रमा व्यावसायिकरूपमा कफीखेती हुन्छ । कफीका बोटलाई रोगले आक्रमण गरेपछि यसको उत्पादन वृद्धिमा समस्या देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित