FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • केरामा खपटे र आलुमा ढडुवा रोग देखियो

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    केरामा खपटे र आलुमा ढडुवा रोग देखियो

    म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलुखेतीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा ढडुवा रोगका कारण बोट सुक्न थालेका छन् । जिल्लाको बेनी नगरपालिका– २ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको केराखेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका हुन् । त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरेपनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीले बताउनुभयो । यता केरा गाउँको रुपमा परिचय बनाएको बेनी – २ खबरा र बगरफाँट गाउँमा खपटे घुनले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । स्थानीयवासी चन्द्रबहादुर कार्कीले केराखेतीलाई आफूले मुख्य आम्दानीको स्रोत बनाएको बताउनुभयो उहाँले भन्नुभयो“केराको थम्बा नपसाउँदै सुक्न थाल्यो । ” उहाँले करिब ८ रोपनी खेतमा केराखेती गर्नुभएको छ । बगरफाँटका किसान बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको बताउनुभयो । यहाँको सिङ्गो गाउँका किसान केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ । आफ्ना करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गर्नुभएको दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केराखेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यसवर्ष उत्पादन र आम्दानी घटेको उहाँले जानकारी दिनुभयो । “झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा कीटनाशक औषधि छर्कदै आएको किसान थापाले जानकारी दिनुभयो । रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका अर्का किसान शोभित शर्माले बताउनुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ,” उहाँले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित