- Loading...
बाढी पीडितहरुलाई खाद्यन्न सामाग्री वितरण
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


शिवा शर्मा, बर्दिया । आसोज अन्तिम साता परेको बेमौसमि बर्षाबाट पीडित बनेका बर्दिया राजापुर नगरपालिका वडा नं १, ३ र ७ का स्थानीयलाई खाद्यन्न तथा लताकपडा वितरण गरीएको छ । ९ सय ७० घरधुरीलाई राजापुर नगरपालिकाको समन्वय, कारितास जर्मनीको आर्थिक सहयोग तथा कारितास नेपालको आयोजनामा राजापुर नगरपालिकाका बाढी प्रभावित घर परिवारलाई राहात दिइएको हो । राहात पाएपछि बाढी पीडित खुशी भएका छन् । उनीहरुलाई कारितास संस्थाले कम्मल, दाल, तेल, नुन र चामाल दिएको छ ।


बेमौसमी वर्षाका कारण राजापुर नगरपालिकामा ९ सय भन्दा बढी घर धुरी प्रभावित भएका थिए । नगरपालिकाले पीडित स्थानीयलाई सहयोगको अपिल सहित सूचना सार्वजनिक गरेको थियो । सोही सूचनाको आधारमा विभिन्न संघसंस्थाहरुले सहयोग गरेका हुन् । कारितास नेपालले करिब ४१ लाख बराबरको सामाग्री वितरण गरेको जनाएको छ । कारितास जर्मर्नीको आर्थिक सहयोगमा कारितास नेपालले राहात वितरण गरेको हो । बाढीबाट प्रभावित भएका राजापुर क्षेत्रमा सर्वेक्षण गरे डाटा अनुसार सामाग्री वितरण गरिएको हो । परिवारको सख्याका आधारमा पीडित स्थानीयलाई राहात दिइएको छ ।

कारितासले चामल ३४ हजार २ सय २७ केजी, अढहरको दाल २ हजार ८ सय ९२ केजी, तेल १ हजार ९ सय २८ लिटर ,नुन १ हजार ९सय २८ केजी र कम्मल १ हजार ९ सय २८ पिस वितरण गरेको हो । राहात वितरण कार्यक्रममा कारितास नेपालका फिल्ड अफिस बर्दियाका संयोजक खम्म सिंह बस्नेत, नगरपालिकाका उप प्रमुख मनिकला कुमारी चौधरी र अन्य वडाका जनप्रतिनिधिको उपस्थिती रहेको थिए ।

