- Loading...
हिमपातले कलमी गरेका सुन्तलाका बिरुवा नष्ट
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको


लगातार दुई दिनसम्म परेको भारी हिमपातले जाजरकोटमा कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले थचारिएर नष्ट गरेको हो । दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म उद्योगका प्रोपराइटर जानुका मल्लले जानकारी दिए । दुई प्लाष्टिक टनेलमा रहेका ६० देखि ७० हजारसम्म सुन्तलाका बिरुवा नष्ट भएको प्रोपराइटर मल्लको भनाइ छ ।
मल्लले दिएको जानकारी अनुसार शिवबहादुर मल्ल प्रोपराइटर रहेको प्रविण हिउँदे तथा वर्षे फलफूल नर्सरीमा भने हिउँले त्यस्तै क्षति गरेको छ । जिल्ला कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजात फलफूल जोनबाट विभिन्न अनुदान प्राप्त गरेका उक्त नर्सरीका बिरुवा हिमपातले नष्ट भएपछि नर्सरी सञ्चालक चिन्तित भएका छन् ।


