FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियाका कृषि प्राविधिकलाइ माटोको नमुना परीक्षण तालिम

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३४ पटक पढिएको
    बर्दियाका कृषि प्राविधिकलाइ माटोको नमुना परीक्षण तालिम

    बाँके जिल्लाको कृषि प्राविधिकहरुलाइ माटोको नमुना संकलन विधि र जि पी एस को प्रयोग सम्बन्धी तालिम दिएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले आ वा. २०७८÷०७९को स्वीकृत बार्षिक कार्यक्रम अनुसार जिल्लाको मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको कृषि विकास शाखाको समन्वयमा कृषि प्राविधिकहरुलाइ तालिम दिएको हो । कृषि पेशा व्यवसायी बन्दै गर्दा किसानले गरेको लगानी सही माटोमा भएको छ या छैन महत्वपुर्ण मानिन्छ । कृषि पेशा आधुनिकिकरण हुदै गएकाले कृषि प्राविधिकहरुलाइ पनि नयाँ प्रविधिवारे जानकारी हुन आवश्यक रहेकाले तालिम महत्वपुर्ण रहेको माटो तथा मल परिक्षण प्रयोगशाला खँजुराका कार्यालय प्रमुख कोमल शाहीले बताए ।
    कृषि प्राविधिकहरु किसानको खेतवारीमा जाँदा किसानहरुले माटो सम्बन्धि विभिन्न समस्याहरु राखेका थिए । माटो सम्बन्धी समस्या भएका किसानहरुको समस्या समाधान गर्न अब सजिलो हुने तालिममा सहभागी एवम् बढैयाताल गाउँपालिकाकी कृषि विकास शाखा प्रमुख सिर्जना अधिकारीले बताए । तालिममा जिल्ला भित्रका ८ वटै स्थानीय तहका ४० जना कृषि प्राविधिकहरुको सहभागीता रहेको थियो । तालिममा विशेष गरेर माटोको नमुना लिने तरिका र त्यसको रिपोटीङ्ग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित