FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अधिकांश किसानले पानीमा भिजेको धान ल्याएपछि खाद्य व्यवस्था कम्पनी लिमिटेड नेपालगञ्जद्धारा फिर्ता

    • कृषि टि.भी.
    • १ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले एक हजार ७ सय क्विन्टल धान खरिद गरेको छ । कम्पनीले मोटा धान ८ सय ६५ क्विन्टल र मध्यम धान ८ सय ३५ क्विन्टल खरिद गरिएको हो । मङ्सिर २६ गतेदेखि माघ २८ गतेसम्म धान खरिद गरेको कम्पनीले जनाएको छ । कम्पनीले यस अघि बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सहित ८ सय ५० किसानलाई टोकन वितरण गरेको थियो तर पछि ७१ जना किसानबाट एक हजार ७ सय क्विन्टल मात्र धान खरिद गरेको छ ।
    अधिकांश किसानले पानीमा भिजेको धान लिएर आउन थालेपछि बाध्य भएर फिर्ता पठाउनुपरेको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगरेकोप्रति किसानले असन्तुष्टि जनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित