FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मकै छर्ने वेला मलको अभाव हुनेछैनः कृषि मन्त्री हुँमागाइ

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    मकै छर्ने वेला मलको अभाव हुनेछैनः कृषि मन्त्री हुँमागाइ

    बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हँुमागाइले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल उत्पादन गर्न सकिने बताए । काभ्रेको मण्डनदेउपुर नगरपालिका– १० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९ औँ साधारणसभा तथा भवन उद्धघाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरे । “यसअघि गलत व्यवस्थापनले सरकारले दिएको अनुदानको सदुपयोग हुन सकेन, नेपालमै दुई लाख मेट्रिक टन क्षमताको मल कारखाना खोल्न सरकारले अध्ययन गरिरहेको छ, सबै पक्षको सहयोग हुने हो भने स्वदेशमै पनि मल कारखाना खोल्न सकिन्छ”, उनले भने ।
    मन्त्री हुमागाइले सबैखाले बिमा गर्न जनचेतनाको आवश्यकता औँल्याउँदै खोरेत रोग अन्त्यको कार्यक्रम, विज्ञहरुको सुझावमा कृषि ऐन निर्माण, किसानलाई कार्ड वितरण, सहुलियत ऋण कार्यविधि निर्माणलगायतका विषयमा प्रदेश सरकारले प्राथमिकताका साथ काम सुरु गरेको जानकारी दिए । कार्यक्रममा नेकपा (एकीकृत सामाजवादी)का जिल्ला अध्यक्ष एवं मण्डनदेउपुर नगरका प्रमुख टोकबहादुर वाइवाले बिमा–सेवाको दायरा फराकिलो हुनुपर्ने उल्लेख गर्दै नगरका सबै वडामा पशु बिमा कार्यक्रम पु¥याउन अझै बाँकी रहेको बताए ।
    विसं २०५६ देखि सुरु भएको यहाँको पशु बिमा कार्यक्रममा हाल ५९० किसान आवद्ध छन् । हाल आफ्नै भवन निर्माण गरेको संस्थाले रु दुई लाख ४० हजार नाफा गरेको छ भने एक वर्षमा रु तीन लाख ७० हजार बराबरका पशु क्षति रकम वितरण गरिसकेको छ । नगरमा १७२ सहकारी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित