FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • प्रणय दिवसमा १ करोड बराबरको गुलाब आयात

    • कृषि टि.भी.
    • १ साल अघि
    • २१ पटक पढिएको
    प्रणय दिवसमा १ करोड बराबरको गुलाब आयात

    आज ’भ्यालेन्टाइन्स् डे’ अर्थात प्रणय दिवस । भ्यालेन्टाइन्स् डे का लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ । प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ । यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको हो ।
    कोरोना महामारी अघि मागको २० प्रतिशत गुलाब नेपालमा नै उत्पादन हुने गरेको थियो । ८० प्रतिशत भारतबाट आयात हुन्थ्यो । तर, महामारीका कारण भएको लकडाउनका बेला गुलाबका धेरै बिरुवामा समयमानै मलजल हुन नपाएकाले आधा भन्दा धेरै बिरुवा मरेको उनले बताए ।
    कोरोनाकै कारण पुष्प व्यवसायी घाटामा गएकाले थप लगानी हुन नसक्दा यसपालि गुलाबको आयात बढेको हो । प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार हुने अनुमान छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित