
FLASH NEWS
- Loading...
चितवन रत्ननगरका किसानलाई ‘काउ म्याट’ वितरण
- कृषि टि.भी.
- १ साल अघि
- २४ पटक पढिएको


चितवन । चितवनको रत्ननगर नगरपालिकाले किसानहरुलाई काउ म्याट वितरण गरेको छ । रत्ननगर नगरपालिका वडा नं १६ का व्यवसायिक पशु पालन गर्ने ४० किसानलाई काउ म्याट वितरण गरेको हो । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा रत्ननगर नगरपालिकाका किसानलाई काउ म्याट वितरण गरिएको हो । काउ म्याट पाएसँगै किसान खुसी भएका छन् । म्याट ओछ्याएपछि पशुलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडी चिसोबाट जोगिने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
