FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सिएनआइ र कृषि टेलिभिजनबीच सम्झौता

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६ पटक पढिएको
    सिएनआइ र कृषि टेलिभिजनबीच सम्झौता

    मेक इन नेपाल स्वदेशी अभियान मुल नारा सहित स्थापना भएको नेपाल उद्योग परिसंघ र कृषि टेलिभिजनबीच सम्झौता भएको छ । सोमबार नेपाल उद्योग परिसंघ र कृषि टेलिभिजनबीच आपसी सहकार्यका लागी सम्झौता भएको हो । नेपाल उद्योग परिसंघले स्वदेशी औद्योगिक उत्पादन प्रवद्र्धन, स्थानीय उद्योगको प्रतिस्पर्धात्मक क्षमता विस्तार र स्वदेशी कृषि उपजको संरक्षण र संवद्र्धन गर्दै आएको छ । नेपाल उद्योग परिसंघका तर्फबाट महानिर्देशक यादव प्रसाद पौडेल र कृषि टेलिभिजनको तर्फबाट कार्यकारी निर्देशक लक्ष्मी चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन ।
    हस्ताक्षर पछि महानिर्देशक यादवले संघ र कृषि टिलिभिजनको मुख्य केन्द्रविन्दु नै कृषि र कृषक भएकाले दुवै सस्थाको आपसी सहकार्यमा कृषि क्षेत्रको लागि महत्वपुर्ण रहने बताए । संघले नेपालको कूल गार्हस्थ उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदानलाइ सन् २०२५ सम्ममा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पु¥याउने लक्ष्य राखेको उनको भनाइ छ । साथै वार्षिकरुपमा १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा ४.६ अर्ब डलर बराबरको निर्यात गर्ने संघले लक्ष्य राखेको छ ।
    यसैगरी कृषि टेलिभिजनकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले किसानमैत्री नीति बनाउन, कृषिमा आत्मनिर्भर बन्न बनाउन, कृषि निर्यातलाइ ध्यानमा राखेर नेपालको भौगोलिक विविधता अनुसार नेपालको कृषि उपजहरुको प्रवद्र्धन गर्न, कृषकलाइ कृषि सम्वन्धित सुचना र विज्ञमार्फत ज्ञान दिन कृषि टेलिभिजन निरन्तर लागि परेको बताईन । उनले नेपाल उद्योग परिसंघ सँगको सहकार्यले कृषि क्षेत्रमा गर्दै आएको कामलाई थप प्रभावकारी बनाउन उर्जा मिल्ने बताइन । नेपालको रैथाने वाली, लोपन्मुख जडिबुट्टीको संरक्षण गर्न सम्बन्धित निकायलाइ ध्यानकर्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
    आगामी दिनमा स्वदेशी कृषि उत्पादनलाइ निर्यात र प्रवद्र्धन गर्न नेपाल उद्योग परिसंघ र कृषि टेलिभिजनबीच सहकार्य, समन्वय गर्ने सम्झौतामा उल्लेख छ । नेपाल उद्योग परिसंघ सँगको सहकार्यमा कृषि टेलिभिजनले कृषि क्षेत्रलाई समेट्ने गरी थप नयाँ कार्यक्रमहरु ल्याइने पनि सम्झौता भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित