- Loading...
फलफूल उत्पादनमा जोड दिदै रामेछापको दोरम्वा शैलुङ गाउँपालिका
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


काटमाडौं । फलफुल किनेर होइन रोपेर खाने भन्ने अभियान नै चलाएर फलफूल उत्पादनमा रामेछापको दोरम्वा शैलुङ गाउँपालिका अघि बढेको छ । किवि, एभोकाडो, हलुवावेदजस्ता फलफुल खेतीका लागि प्रचुर सम्भावना बोकेको पालिका हो । यिनै पालिकाका श्याम थापा मगर विगत १५ वर्षदेखि फलफुल खेतीमा लागिपरेका छन । मकै र कोदो मात्र फलाउदै आएको ठाउँमा उनले सय रोपनी जग्गामा फलफूल खेति गरेका छन् ।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका २ घर भएका श्याम थापा मगर भिमेश्वर फलफूल तथा नर्सरी उद्योगका सञ्चालक हुन । उनी कृषि पेशामा लागेको १५ वर्षभन्दा बढी भयो । परम्परागत हिसाबले मकै र कोदोको उत्पादन राम्रो मानिने उक्त ठाउँमा फलफूलको उत्पादन पनि गर्न सकिन्छ भन्ने सोचले उनले फलफूल खेति गरेका हुन् । उनले ६० रोपनीमा किवि खेति गरेका छन् भने ४० रोपनीमा एभोकाडो, जापनिज हलुवाबेद, जापनिज कटुस, जापनिज.आरु र अन्य फलफूलका बोटहरु लगाएका छन् । उनले जम्मा १ सय रोपनी जग्गामा फलफूल खेति गरेका छन् । त्यतिमात्र हैन फलफुल लगाएर खाली बसेको जमिनमा तरकारीहरु पनि लगाउँदै आएका छन । यसअघि उनी बसेको ठाउँमा अन्नबालीको उत्पादनमा मात्र केन्द्रित हुँदा फलफूल भने किनेर खानुपर्ने बाध्यता थियो । त्यसैले किनेर खाने होईन रोपेर खाने भन्ने अभियान नै चलाएर फलफूल उत्पादनमा पालिका अघि बढेको श्याम बताउँछन् । दोरम्बामा आलु र किवि राम्रो उत्पादन हुनेहँुदा स्थानीय सरकारको ध्यान यसप्रति केन्द्रित रहेको र कृषकलाई आवश्यक मल, बिउ साथै कृषकको माग अनुरुप सुविधा र सहयोग दिइरहेकोे बताए ।
थापाले बार्षिक ६ टन फलफूल उत्पादन गर्छन् । उनलाई बजारिकरणको कुनै समस्या छैन । उनले उत्पादन भएका फलफूललाई कालिमाटीमा ल्याएर होलसेलमा बिक्री गर्ने गरेका छन् । कहिलेकाँही उत्पादित वस्तुले भने जसो बजार नपाउँदा उत्पादन भएको फलफूललाइ भण्डार गर्न पालिकाले चिस्यान केन्द्र बनाउदै गरेको थापाको भनाइ छ ।
अझै पनि ग्रामीण क्षेत्रमा परम्परागत देखि खेती हुदै आएको रैथाने वालीहरुको खेती गरिदै आएको छ । जसका कारण बर्षाैदेखि उत्पादन हुदै आएको रैथाने वालीको संरक्षण भएको छ । तर, तीनै अन्नवालीमा मात्र सिमित रहँदा उनीहरुले उत्पादन गरेका उपजबाट जिविकोपार्जन गर्न मात्र पुग्ने पनि देखिन्छ । त्यसैले परम्परागत रुपमा गरिदै आएको खेती प्रणालीलाइ आधुनिक ढङगबाट निरन्तरता दिदै अझ आफ्नो ठाउँमा भएको कृषि सम्भावनालाइ पहिचान गर्न सके श्याम थापा मगर जस्तै सफल किसान बन्न सक्नुहुन्छ ।

