- Loading...
बर्डफ्लु देखिएको ठाउँमा आकस्मिक रोग अन्वेषण कार्यदल पठाउने
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेको छ । विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजुङमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । बर्डफ्लु नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको पशु सेवा विभागले जनाएको छ । पशु सेवा विभागमा बसेको केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय गरेको छ भने बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार त्यसको नियन्त्रण गर्ने निर्णय गरेको छ । शुक्रबार सिन्धुपाल्चोकमा र गत बिहीबार चितवनमा बर्डफ्लु फेला परेको थियो भने त्यसअघि मोरङ र त्यसपछि काठमाडौँको दुई–तीन ठाउँमा बर्डफ्लु रोग देखिएको थियो ।


