- Loading...
नश्ल सुधारका लागि ७ साँढे नेपाल ल्याइयो
- कृषि टि.भी.
- १ साल अघि
- १७ पटक पढिएको


नेपालमा पहिलो पटक अमेरिकाबाट ७ वटा साँढे ल्याइएको छ । नश्ल सुधारका लागि ५ वटा जर्सी र २ वटा होल्स्टीन साँढे अमेरिकाको सिकागोबाट नेपाल ल्याइएको हो । वर्ल्ड बैँक र नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको कार्यक्रम अन्तर्गत नेपाल ल्याएको हो । साँढेलाई नार्क अन्तर्गत प्रजनन् केन्द्र खुमलटारमा ४ दिन पशु क्वारेन्टाइनमा राखिने छ । ९ देखि साढे २ वर्षको उक्त साँढेलाई क्वारेनटाइनपछि सरकारलाई हस्तान्तरण गरिने बताइएको छ । साँढे ल्याउन सरकारले मेट ग्रुपसँग १ करोड ३० लाखमा सहकार्य गरेको थियो । सिकागोबाट दोहा, दिल्ली हुँदै साँढे नेपाल ल्याइएको हो । उक्त साँढे केहि दिन पछि राष्ट्रिय पशु प्रजनन् केन्द्र लाम्पाटन पोखरामा लगेर राखिने छ । त्यसको २÷३ महिना पछि पोखरा केन्द्रमा भएका होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराई सके पछि त्यहाँ उत्पादन हुने सिमेन आम किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ ।


