FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जीटूजीमार्फत मल खरिद गर्न भारत र नेपालबीच सम्झौता

    • कृषि टि.भी.
    • १ साल अघि
    • १५२ पटक पढिएको
    जीटूजीमार्फत मल खरिद गर्न भारत र नेपालबीच सम्झौता

    काठमाडौं । भारतबाट जीटूजीमार्फत पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच समझदारी भएको छ । सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा समझदारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार पहिलो वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी मल भारतले नेपाललाई दिनेछ ।

    समझदारी पत्रमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालको पालामा अघि बढेको सम्झौता कोभिड–१९ महामारीका कारण प्रभावित भएको उल्लेख छ । झण्डै डेढ वर्ष पछि दुई देशबीच भएको मल खरिद सम्बन्धी सम्झौता पछि अब नेपालको कृषि सामग्री कम्पनी र भारतको सोही तहको कम्पनीबीच मूल्य र खरिदमा सम्झौता हुनेछ ।

    केही दिनमै हुने सम्झौताले चैते धान, मकै र वर्षायामको धानका लागि मल आइपुग्ने मन्त्रालयले जनाएको छ । नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो । मल खरिदका लागि भएको प्रारम्भिक समझदारी अनुसार नेपाललले चार वर्षसम्म भारतबाट वर्षेनी एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित