
- Loading...
कृषकलाई अनुदानमा मकैको बिउ वितरण
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको


ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले कृषकलाई मकैको बिउ बितरण गरेको छ । ५० प्रतिशत अनुदानमा नगरपालिकाले कृषकलाई मकैको बिउ बितरण गरेको हो । मनकामना ३ र देउती जातको कमैको बिउ बितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख भिम बहादुर दर्जीले बताए । कृषकहरुको मागका आधारमा नगरपालिकाको वडा नम्बर ४ रुम्जाटार , चितवन जिल्लाबाट मकैकोे बिउ झिकाएको उनको भनाई छ । रुम्जाटारको एक कृषि सहकारीमार्फत ६ टन र अन्य ६ टन चितवनबाट झिकाएको हो ।
यसबर्ष कृषकको माग २२ टन मकैको बिउ रहेको भएपनि बिउ अभावमा १२ टन मात्र बितरण गरिने छ । त्यसमा कृषकहरुको मागभन्दा कममात्र बिउ पाउने छन् । नगरक्षेत्रमा कुल खेतीयोग्य अनुमानित क्षेत्र अुनसार करिब १० टनमात्र मकैको बिउ भए पुग्नेछ । तर यसबर्ष कृषकहरुबाट समेत आवश्यक भन्दा बढी माग आएको दर्जीले बताए । बिउ मकै बितरणका लागी संघिय सरकारको सशर्त अनुदान सहित करिब १३ लाख रुपैँयाको लागत रहेको नगरपालिका कृषि शाखाले जनाएको छ ।


