
- Loading...
कावासोतीमा मृत गैँडा फेला, यो वर्ष मात्रै २८ वटा मर्यो
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


काठमाडौँ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए ।
‘सामुदायिक वनको बेलघारी सोराहामा निउरो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’ तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम ग¥यो ।’ मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।
आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८र७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ ।

