FLASH NEWS
- Loading...
३०० रोपनीमा लगाइएको अफिम खेती नष्ट
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


धादिङ । बेनिघाट रोराङ गाउँपालिका१ सिमटार, जरुङ र ब्रम्दी लगायत क्षेत्रमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ । प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार ‘बस्ती९बस्तीमा संयुक्त गस्ती’ अभियान अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो । साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजासमेत प्रहरीले जलाएर नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
