FLASH NEWS
- Loading...
दाङमा तोरी उत्पादनमा वृद्धि
- कृषि टि.भी.
- १ साल अघि
- २१ पटक पढिएको


दाङमा यसवर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । तोरी छर्ने सिजनमा पर्याप्त मात्रामा वर्षा भएकाले तोरी उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । तोरी छर्ने सिजनमा वर्षा भएकाले गएको वर्षको तुलनामा यस वर्ष दाङमा तोरी उत्पादनमा वृद्धि भएको कृषि अर्थविज्ञ पृथ्वीप्रसाद लामिछानेले बताए । कति प्रतिशत उत्पादनमा वृद्धि भयो भन्ने एकिन तथ्याङ्क आइनसकेको तर यस वर्ष कम्तीमा पनि पाँच प्रतिशतले तोरी उत्पादनमा वृद्धि भएको हुनसक्ने आफूहरुको अनुमान रहेको लामिछानेको भनाइ छ ।
दाङमा यस वर्ष १८ हजार तीन सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको छ । यस वर्ष २३ हजार सात सय ९० मेट्रिक टन तोरी उत्पादन भएको आँकलन गरिएको छ। कृषि अर्थविज्ञ लामिछानेका अनुसार जिल्लामा अहिले स्थानीय जातको काउली तोरी र कपुरकोटे जातको तोरीको खेती हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस
