FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसान चिन्तित

    • कृषि टि.भी.
    • १ साल अघि
    • २७ पटक पढिएको
    उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसान चिन्तित

    उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसानहरू चिन्तित बनेका छन् । देशभरि नै अदुवा खेती हुने गरेको भएपनि तुलनात्मक रुपमा प्रदेश नम्बर १ का धेरै किसानले व्यवासायीक रुपमा अदुवा खेती गर्दै आएका छन् । यतिबेला अदुवा खनेर बजारमा पु¥याउने समय भएपनि प्रति केजी २० रुपैयाँ र प्रति मन ५ सय रुपैयाँ मात्रै पाएपछि किसानहरूले अदुवा खनेका छैनन् ।
    ३० वर्षदेखि निरन्तर व्यावसायीक रुपमा अदुवा खेति गर्दै आएका किसानहरुले मूल्य गिरावटका कारण अदुवा नखनेका हुन् । प्रदेश १ मा मात्रै बार्षिक रुपमा करिव १ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको छ । यसअघि उत्पादन भएको अदुवा भारत पठाइने गरेको भएपनि यसपटक भारत पनि निर्यात भएको छैन भने आन्तरिक बजार पनि विक्री भएको छैन ।
    हाल नेपालमा वार्षिक ३ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा ४३ करोड ५७ लाख रुपैयाँको अदुवा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा ४४ करोड ८३ लाख रुपैयाँको अदुवा निर्यात भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित