- Loading...
वालिङ नगरपालिकाद्धारा कृषकलाइ कृषि सामाग्री वितरण
- कृषि टि.भी.
- १ साल अघि
- ७० पटक पढिएको


स्याङजाको वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’अन्तर्गत कृषिऔजार बितरण गरिएको हो । कृषिऔजार बितरण गर्दै वालिङनगर प्रमुख दिलिप प्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिए ।
कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धि नहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको बताए । कार्यक्रममा बिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानी पिसानीका लागि कम्वाईन मिल, ५ वटा व्यवसायिक फर्महरुका लागि पिसानी मिल र चाफकटर, ५० जना कृषकहरुका लागि टनेल,स्प्रे मेसिन लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।


