FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • टिकटक प्रयोगकर्ताबाट बाली जोगाउनै मुस्किल, फोटो खिच्ने र भिडियो बनाउनेको भिडले बाली नष्ट

    • कृषि टि.भी.
    • १ साल अघि
    • १५६ पटक पढिएको
    Post Thumbnail

    काठमाडौं । यतिबेला मोरङको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनि लिमिटेड शाखा बेलबारी क्षेत्रमा लगाईएको बहुउपयोगी तथा बहुमुल्य जडिबुटी रहेको ठाउँ टिकटकर र सामाजिक सञ्जालमा भाइरल बनेको छ। बेतना सिमसार नजिकै रहेको क्यामोमाइल जडिबुटी अर्थ र महत्व नबुझ्दा टिकटकर प्रयोगकर्ताहरुले नष्ट पारेपछि लाखौ घाटा भएको छ।

    सो क्षेत्रमा लगाईएको बहुउपयोगी जडिबुटी क्यामोमाइल केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फोटो र भिडियो खिचने क्रममा कुल्चिएर र चुडाएर नष्ट गरेको दृश्य देख्न सकिन्छ । सोही ठाँउको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि सो क्षेत्रमा दैनिक देशका बिभिन्न स्थानमा हजारौ मानिसहरुको भिड लाग्ने गरेको छ। यसरी राज्यले लगाएको बहुमूल्य जडिबुटी ख्याल नै नगेर नष्ट नै हुने गरी टिकटक बनाउदा दुख लागेको बेलबारी नगरपालिका वडा (४ बस्ने स्थानीय टेक बहादुर बिश्वकर्माको भनाइ छ।

    सुगन्धित प्रशोधित क्यामोमाइलको तेलमा जीवाणु प्रतिरोधात्मक गुण हुने भएकाले आँखा दुखेको, टाउको दुखेको, छाती दुखेको, लुतो, खोकी, कफ, दमसँगै मानसिक चिन्ता हटाउन, अनिद्रा, अमलपित्त, अल्सर, जीउ पोल्ने समस्या भएका बिरामीका लागि उपयोगी हुने गरेको छ । तर ख्यालनै नगरी उखालेर, मसारेर,नष्ट हुने गरी टिकटक बनाउनु हुदैन धारणा राख्छन अबलोकनकर्ता।

    क्यान्सरका बिरामी देखि क्यामोमाइलले पाचनशक्ति बढाउने र उत्तेजना बढाउने कार्यसमेत गर्दछ । सो जडिबुटी कम्पनिले आफै प्रसोधन गरेर प्रतिकिलो १९ हजारमा किसानबाट खरिद गर्ने गर्दछन। बाँदर र जनावर धपाउन राखिएका हेरालुहरु मान्छे धपाउन नसकिएको भन्दै गुनासो गर्न थालेपछि सो क्षेत्रमा केहि दिन अघि प्रहरी समेत पुग्नुपरेको थियो । यो भन्दा पहिला कहिल्यै मानिसहरु यसरी नआएको र उनीहरुले कुल्चिएर बहुमुल्य जडिबुटीको ठुलो क्षति भएपछि समय अगावै जडिबुटी काटन थालिएको छ । अहिले भाइरल भएको यो ठाउँ टिकटक र भिडियो बनाउदा आउनेले बालिको ख्यालै नगर्दा १० लाख जति क्षति भएको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनि लिमिटेड शाखा बेलबारीका प्रमुख कमल राई बताउनुहुन्छ।

    विभिन्न सौन्दर्य प्रशोधन, खाद्य तथा पेय पदार्थलाई बास्नादार बनाउन क्यामोमाइलको तेल प्रयोग हुने गरेको छ ।यसको फूलबाट निकालिने सुगन्धित तेल विभिन्न खाद्य सामग्री, सौन्दर्य प्रशोधन तथा औषधीय प्रयोजनका लागि प्रयोग हुने भएकाले यो आयमूलक वनस्पतिका रूपमा रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित