FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पारिवारिक निजी वन संघले मनाइयो स्थापना दिवस

    • कृषि टि.भी.
    • १ साल अघि
    • २४ पटक पढिएको
    पारिवारिक निजी वन संघले मनाइयो स्थापना दिवस

    पारिवारिक निजी वन संघले ८ औँ स्थापना दिवस मनाइएको छ । संघका अध्यक्ष जोगराज गिरीको अध्यक्षता एवम् वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । २०७१ सालमा स्थापना भएको पारिवारिक निजी वन संघ नेपालभरि रहेका पारिवारिक निजी वनमा आधारित व्यक्ति वा परिवारको जमिन र रुखहरुको अधिकारसहितको स्वामित्व सुनिश्चित गर्न स्थापित छाता संगठन हो ।
    एक परिवार, एक पारिवारिक निजी वनः समृद्ध नेपाल, हाम्रो अभियान भन्ने परिकल्पनाका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको सस्थाका वरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरेले बताइन । उनले ग्रामीण भेगका किसानहरु संघमा बढी आवद्ध भइरहेको जानकारी दिदै किसानले संरक्षण गरेको रुखहरुको उपभोग उनीहरु स्वयम्ले गर्न पाउने गरी कानुनको निर्माण हुन आवश्यक रहेको बताइन ।
    पारिवारिक निजी वनले हाल देशका सातै प्रदेश र ६० जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको छ । पारिवारिक निजी वनबाट बजारमा ६५ प्रतिशत काठ आपुर्ति हुदै आएको छ । नेपालमा वार्षिक ६ अर्वको काठ विदेशबाट आयात हुने गरेको छ । संघका अनुसार यी विदेशबाट आयात गरिएका काठहरु पारिवारिक निजी वनबाटै आपुर्ति गर्न सकिनेछ ।
    तर, कृषि वालीलाइ जस्तै अनुदान, विमाको व्यवस्था, कर्जाको व्यवस्था दर्ता प्रक्रियामा सहज वातावारण बनाउन आवश्यक रहेको संघको भनाइ छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले किसानले लगाएको रुखहरुको विक्री वितरणका लागि कानुन निर्माणसँगै किसानलाइ सहज वातावरण बनाएको बताए । मन्त्री यादवले वनको अवस्था निकै दयनीय रहेकाले सरकारले समुदायलाइ, पशुजन्यवस्तुलाइ र वातावारणलाइ पायक पर्ने खालका कानुनहरु निर्माण गरिरहेको बताए ।
    विश्व वैँकका अनुसार शुन्य दशमलव ५ हेक्टरदेखि १० हेक्टरसम्म वन भयो भने त्यसलाइ पारिवारिक निजी वन, त्यो भन्दा माथि भयो भने निजी वन भनेर पारिभाषित गरेको छ । कार्यक्रमका सभाध्यक्ष एवम् संघका अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वनमैत्री कानुन नहुँदा समस्या भएको बताए । पारिवारिक निजी वनलाइ कृषि या उद्योग के मा जोड्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने कुरा मुख्य चुनौतीको विषय रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित