FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जुम्लाका दुग्ध उत्पादक किसानलाई अनुदानमा दुग्ध ट्याङ्कर

    • कृषि टि.भी.
    • १ साल अघि
    • १२८ पटक पढिएको
    जुम्लाका दुग्ध उत्पादक किसानलाई अनुदानमा दुग्ध ट्याङ्कर

    पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि यहाँका दुग्ध उत्पादक किसानलाई सहज भएको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा हिमाली डेरी उद्योगलाई ट्याङ्कर उपलब्ध गराएसँगै दूध बोकेर बजारसम्म लैजानुपर्ने बाध्यता हटेको छ । एक हजार लिटरसम्म दूध बोक्न सक्ने क्षमताको ट्याङ्कर उपलब्ध गराइएको हो । यसले यहाँको दूध उत्पादन बढाउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
    कार्यालयले ५० प्रतिशत अनुदानमा ट्याङ्कर उपलब्ध गराएपछि किसान निकै उत्साहित भएका छन् । डेरी उद्योगका सञ्चालक मनकोइला धितालका अनुसार रु ३२ लाख ९५ हजारमा ट्याङ्कर आइपुगेको हो । किसानले एक ठाउँमा दूध सङ्कलन गरेर राखेमा गाउँमै पुगेर दूध सङ्कलन गर्न सकिने डेरी सञ्चालक धितालले भने ,“अब दूध बोकेर किसानले दुःख गर्नुपर्दैन । किसानले मगाएको खण्डमा घरदैलोमा दूध सङ्कलन गरेर बजारसम्म ल्याउन ट्याङ्कर तयारी अवस्थामा छ ।”
    अहिले नाग्म, कुडारी, लाम्रा र बजार क्षेत्रका दूध डेरीमा सहजै रूपमा पु¥याउने काम भइरहेको छ । सदरमुकाम खलङ्गाभित्र र बाहिरको गरी नौवटा डेरीमा दूध पुग्ने गरेको सञ्चालक धितालले बताए । ट्याङकर पुग्दा १० जनाले रोजगारी पाएका छन् ।
    एक महिनामा झन्डै रु ६ लाखको दूध बिक्री हुने गरेको हिमाली डेरी उद्योगले जनाएको छ । कार्यालयका प्रमुख गोविन्द महतका अनुसार पछिल्लो समय किसान दूध उत्पादनमा हौसिएका छन् । ट्याङ्कर खरिद गर्ने कार्यक्रम जुम्लाका लागि नयाँ कार्यक्रम हो । अब ट्याङ्करले दूध उत्पादक किसान र डेरीसँगको समन्वय निकै प्रगाढ बनाउने छ । दूध बिक्री भएन भन्ने किसानको गुनासो सुन्नुपर्ने छैन ।
    सदरमुकाम खलङ्गामा पाँचवटा डेरी उद्योग सञ्चालनमा छन् । बजार विस्तार भएसँगै दूधको माग अत्यधिक हुने गरेको यहाँका डेरी उद्योगका सञ्चालक बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित