FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धानमा बाला नलागेर पीडित बन्नेका किसानहरु क्षतिपूर्तिमाग गर्दै फेरि सडकमा, क्षतिपूर्ति नपाए कार्यालय घेराउ गर्ने चेतावनी

    • कृषि टि.भी.
    • १ साल अघि
    • २१ पटक पढिएको
    धानमा बाला नलागेर पीडित बन्नेका किसानहरु क्षतिपूर्तिमाग गर्दै फेरि सडकमा, क्षतिपूर्ति नपाए कार्यालय घेराउ गर्ने चेतावनी

    काठमाडौं । धानमा दाना नलागेर पीडित बनेका किसान क्षतिपूर्ति माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रवार अखिल नेपाल किसान महासँघको अगुवाईमा उपत्यकाका किसानहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनिहरूले तत्काल डीवाई २८ जातको हाइब्रिड धानको बीउ आयात गर्न अनुमति पाएको काष्ठमण्डप ट्रेड पोइन्टलाई कार्बाहि गर्नुका साथै क्षतिपूर्ति दिन माग गरेका छन् । तत्काल क्षतिपूर्तिको नदिलाए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी उनीहरुको छ ।

    यसका साथै उनीहरूले ‘रासायनिक मलको सहज आपूर्ति गर’, ‘कृषि बिमा लागु गर’,‘आनुवंश परिवर्तित खाद्यान्न आयात प्रतिबन्ध गर’ लगायत लेखिएको प्ले कार्ड बोकेका थिए ।


    यस अघि पनि किसानले माइतिघरमा प्रदर्शन गरेसँगै कम्पनीले प्रतिरोपनी २२ सय ५० रुपैयाँका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । र कम्पनीले बुढानीलकण्ठ र कीर्तिपुर केही किसानलाई राहत पनि दिएको थियो । कम्पनीले दुई नगरपालिकाका केही किसानलाई राहत उपलब्ध गराए पनि अरु नगरपालिकाका किसानलाई क्षतिपूर्ति नदिइ पछि किसानहरु पुनः सडमा उत्रिएका हुन् । आफ्नो धानबालीको उचित क्षतिपूूर्ति दिलाउन सरकारसँग पीडित किसानहरुले माग गरेका छन्

    कम्पनीलाई किसानहरुलाई राहत दिन भन्दा कार्बाहि भोग्दा फाइदा हुने भएपछि विभिन्न बाहान पार्दे किसानहरुलाई क्षतिपूर्ति नदिएको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङगाले बताए । क्षतिपूर्ति दिन लिखित सहमति गरेको काष्ठमण्डप ट्रेड प्वाइन्टले किसानहरुलाई क्ष्ाितपूर्थि नदिएको हो ।

    अध्यक्ष दंगालले क्षतिपूर्ति दिन लिखित सहमति गरेको काष्ठमण्डप ट्रेड प्वाइन्टका सञ्चालक भूमिगत भएपनि किसानले पानी मुनी गए पनि नछाड्ने बताए । क्षतिपूर्ति दिनपर्छ भने भूमिगत तथा सम्पर्कविहीन भएको काष्ठमण्डका सञ्चालकलाई सम्पर्कमा ल्याएर किसानलाई क्षतिपूर्ति दिलाउन उनले सरकारसमक्ष माग गरेका छन् ।

    किसानलाई क्षतिपूर्ति दिन्छु भनेको कम्पनीले राहत नदिएपछि कम्पनीलाई कारबाही गर्न माग गर्दे कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बीउ बिजन गुणस्तर केन्द्रले फाइल पठाएको जनाएको छ । समुन्द्री सतहबाट ७ सय मिटरसम्म मात्रै उपयुक्त भनी सिफारिस गरिएको डीवाई २८ चाइनिज धान उपत्यकामा लगाउँदा धान फलेको थिएन् । काष्ठमण्डप ट्रेड पोइन्टत्य धानको बिउ किनेर खेती गरेका २६ सय ४१ जना किसान प्रभावित भएका थिए ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित