FLASH NEWS
- Loading...
मल खरिद गर्ने जिम्मा कृषि सामाग्री कम्पनीलाइ
- कृषि टि.भी.
- १ साल अघि
- १५ पटक पढिएको


सरकारले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग मल खरिद गर्ने जिम्मा कृषि सामग्री कम्पनीलाई दिएको छ । शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागि हुन नेपालका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखाका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरेको बताए ।
यस्तै बीउबिजनको किसिम वा जाँच सूचित गर्न राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस गरी आए बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णय समेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
