
- Loading...
बाँझोपन निवारण पशु शिविर सम्पन्न
- कृषि टि.भी.
- १ साल अघि
- ९० पटक पढिएको


लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत रहेको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नम्बर ५, मा पशुस्वाथ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमका अनुसार सुस्ताका ७५ जना घरधुरीका स्थानीयहरुले विभिन्न प्रजातिका पशु तथा पंक्षिको लागि सेवा लिएका छन् ।
सुस्तामा पहिलो पटक पशु स्वाथ्य शिविर आयोजना हुँदा स्थानीयहरु समेत खुशी देखिएको नि.निर्देशक आलमले बताए । पहिलो पटक आयोजना गरिएको शिविर शुभारम्भ गर्दै मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीले जनताको सेवाको लागि प्रदेश सरकार तयार रहेको भन्दै आगामी दिनमा पनि सेवा प्रदान गर्दै जाने जानकारी दिए । शिविरमा ३ सय ५० गाई भैसी र ८ सय भन्दा बढि बाख्राको स्वाथ्य परिक्षण उपचार सेवा प्रदान गरिएको थियो ।


