FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा सक्रिय

    • कृषि टि.भी.
    • १ साल अघि
    • २६ पटक पढिएको
    बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा सक्रिय

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएका छन् । आलु खेती उनको पुख्र्यौली पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो ।
    “उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उनले भने, “यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।” टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनी बताउँछन् । अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती लगाउने उनले यसबाट वार्षिक ५० हजार आम्दानी गरे । त्यस्तै उनहाँले गाईपालन पनि गरेकाछन् । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनी बताउँछन् । अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उनको हौसला बढेको छ ।
    सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गरिन् । उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो रु २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उनको भनाइ छ ।
    गतवर्ष आलुको बीउ प्रतिकिलो रु १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो । रुरुक्षेत्र गाउँपालिकाको बम्घाबाट गत वर्ष मात्रै कूल ९८ मेट्रिक टन आलु बिक्री भएको छ । गत वर्षबाटै बम्घामा ६० लाखको लागतमा ‘स्मार्ट कृषि गाउँ बम्घा टाहाटिम आलु र तरकारी पकेट समूह’ कार्यक्रम लागू भएको छ । यस कार्यक्रममा ६० परिवारका चार सय नगारिक लाभान्वित छन् । जसमा गत वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पालिकाको १० लाखमा आलु र तरकारी खेतीसम्बन्धी विभिन्न काम भएका छन् ।
    यो वर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारको ३७ लाख ५० हजार र पालिकाको ११ लाख २५ हजार विनियोजन भएको छ । विनियोजित रकमबाट किसानलाई बीउ, औजार, विषादी लगायतका सामग्रीमा ८५ प्रतिशतसम्म अनुदान दिइने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि आचार्यले जानकारी दिए ।
    त्यसका साथै बिक्री नभएको आलु सङ्कलनका लागि सङ्कलन केन्द्र पनि बनाइएको छ । जहाँ अहिले खनेको आलु असारसम्म भण्डारण गर्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित