FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भक्तपुरमा कौशीखेती मेला

    • कृषि टि.भी.
    • १ साल अघि
    • ६१ पटक पढिएको
    भक्तपुरमा कौशीखेती मेला

    भक्त्रपुर । मध्यपुरथिमि नगरपालिकाले यहाँको दुई पोखरीमा आयोजना गरेको कौशीखेती मेलामा १० हजार बढीले अवालकेन गरेका छन् । स्थानीयस्तरमा कौशीखेतीको प्रवद्र्धन गर्ने उद्देश्यले वातावरण र जनस्वास्थ्य संस्था एन्फो तथा युएन ह्याविटेडको समन्वयमा नगरपालिकाको आयोजनामा मङ्गलबार सम्पन्न मेलाको समाजसेवी राधिका शाक्यले शुभारम्भ गर्नुभएको थियो ।

    कौशीखेतीबाट प्रभावित भएर आफूले पनि कौशीखेती गरेको जनाउँदै उहाँले देशैभरि घरघरको कौशीमा तरकारी उत्पादन गर्न सकेमा विदेशबाट निर्यात हुने तरकारीलाई घटाउन सकिने र स्वदेशी पैसा विदेशिनबाट रोकिने बताउनुभयो ।

    कार्यक्रममा मध्यपुरथिमि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन घट्दै गएको अवस्थामा तरकारी उत्पादनका लागि वैकल्पिक खेती प्रणाली अपनाउन नगरपालिकाले प्रोत्साहन गरेको जानकारी दिनुभयो । नगरपालिकाले यहाँका ३०० बासिन्दालाई कौशीखेती र प्राङ्गारिक मल उत्पादनबारे तालिम प्रदान गरेको छ ।

    कार्यक्रममा एन्फो का कार्यकारी निर्देशक भावना शर्माले घरघरमा उत्पादन हुने फोहर पानी र कुहिने फोहरलाई व्यवस्थापन गरी कौशीखेतीमा प्रयोग गर्न सजिलो भएको बताउनुभयो । मेलामा २५ वटा प्रदर्शनी स्थल राखिएका थिए भने कौशीखेती गर्ने एक हजार ३०० महिलाको सहभागिता थियो । मेलाको स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायलगायत १० हजारले अवलोकन गरेका जनाइएको छ । सो अवसरमा उत्कृष्ट कौशीखेती गर्ने दुई समूहलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

    मेलामा महिलाले आ–आफ्ना कौशीमा फलाएका हरिया तरकारी, माटोबिनै तरकारी फलाउने हाइड्रोपोनिक प्रविधि, आकाशेपानी सङ्कलन र फोहरपानीको प्रयोग, फोहरको व्यवस्थापन, प्राङ्गरिक मल उत्पादन बनाउने विधि, विभिन्न कृषि प्रविधि, कृषि औजार, तरकारी र च्याउका प्रजातिलाई प्रदर्शनी कक्ष राखिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित