FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सहकारीलाई महानगरको सहयोग

    • कृषि टि.भी.
    • १ साल अघि
    • २०४ पटक पढिएको
    सहकारीलाई महानगरको सहयोग

    काठमाडौं । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

    महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो । समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोद्धय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई रु पाँच÷पाँच लाख बराबरका तोरी मिल प्रदान गरिएको छ ।

    त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई रु दुई लाखको सामग्री, नवसुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर इन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई रु एक लाखको कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो ।

    त्यस्तै उज्जवल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई रु एक लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको महानगरको सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले जानकारी दिनुभयो ।

    महानगर देशकै सहकारीको जननी भएकाले महानगरभित्र राम्रो गरेका सहकारीको स्तर विकासका लागि सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाइ छ । सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरूले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाह ठकुरीले बताउनुभयो ।

    महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको विकासमा धेरै ठूलो लगानी गरी परिणाममुखी काम गरेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित