FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दश जिल्लामा बर्डफ्लु देखियो

    • कृषि टि.भी.
    • १ साल अघि
    • २३ पटक पढिएको
    दश जिल्लामा बर्डफ्लु देखियो

    १० जिल्लामा बर्डफ्लु देखिएको छ । पशुसेवा विभागका अनुसार हालसम्म १० जिल्लामा बर्डफ्लु देखिएको हो । विभागले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने जनाएको छ । पछिल्लो समय अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको छ ।
    तर, त्यसको नतिजा आइनसकेको विभागले जनाएको छ । बर्डफ्लु देखिएको १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको समेत विभागले जनाएको छ ।
    विभागले किसानलाई क्षतिपूर्ति दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग पाँचदेखि छ करोडसम्म रकम माग गरेका छ । नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्रीको बर्डफ्लु नियन्त्रण आदेश, २०६४ मा उल्लेख भएबमोजिम सम्बन्धित धनीलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।
    क्षतिपूर्ति दिन प्रत्येक जिल्लामा पन्छी, पन्छीजन्य र पन्छी उत्पादन सामग्रीको प्रचलित बजार मूल्यको आधारमा दररेट निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ‘दर रेट निर्धारण समिति’ गठन गरिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित