
- Loading...
भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा आकर्षित
- कृषि टि.भी.
- १२ महिना अघि
- २२ पटक पढिएको


भोजपुर जिल्लाका किसान अग्र्यानिक तरकारी उत्पादनमा आकर्षित भएका छन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादियुक्त तरकारीको आयात बढेपछि किसानले अग्र्यानिक तरकारी उत्पादनमा जोड दिएका छन् । स्याउला तथा गाई–गोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न थालेको किसानहरुले बताएका छन् ।
कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अग्र्यानिक खेती गरिरहेका छन् । किसानले तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाई, गोरु तथा पशुको मूत्रलाई विषादिको रूपमा प्रयोग गर्ने गरेका छन् । कम्पोस्ट मल खेतबारीमा हाल्दा उत्पादन पनि राम्रो हुने भएकाले यहाँका किसान पोलिहाउस तथा स्याउला सोत्तर कुहाएर कम्पोस्ट मल तयार पारी तरकारी बारीमा हाल्ने गरेको छन् ।
रासायनिक मलको प्रयोगले माटोको उत्पादकत्व क्षमता घट्दै गइरहेको र विषादिको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेकाले अग्र्यानिक तरकारी उत्पादन गर्न किसानहरुलाई प्रोत्साहन गरेको कार्यालयले जनाएको छ ।


