- Loading...
मध्यपुर ठिमीका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण
- कृषि टि.भी.
- १ साल अघि
- १४ पटक पढिएको


काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमी नगरपालिको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरेकी छन् । मध्यपुर ठिमी नगरपालिका वडा नंम्बर ६ र ७ तथा साविकको वडा नं। ६ र ८ को गाउँ ब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँ ब्लकमा रहेका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिइन् ।

मध्यपुर ठिमी नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमानदार भएर लाग्न आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।
उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्व बासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अनुसार काम अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताइन् ।
मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी र चितवन र काठमाडौँको कीर्तिपुर नगरपालिकाको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई लालपूर्जा वितरण गरिसकेकी छन् । । मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म देशभरको गाउँ ब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरी सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँ ब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।

