FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भुक्तानीमा ढिलाइ र चिनी मिल बन्द हुँदा उखु उत्पादनमा आकर्षण घट्दै

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    भुक्तानीमा ढिलाइ र चिनी मिल बन्द हुँदा उखु उत्पादनमा आकर्षण घट्दै

    यस वर्ष रौतहटमा उखु उत्पादन आधा घटेको छ । उखुको रकम भुक्तानीमा ढिलाइ र चिनी मिल नै बन्द भएपछि अधिकासं किसानले उखुखेती गर्न छाडेका छन् । उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि उखु मिल पनि बन्द भएका छन् । रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि नै बन्द छ । अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल भने गत वर्षदेखि नै सञ्चालनमा छ तर उखु उत्पादन घटेका कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन । २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष छ लाख क्विन्टलको हाराहारीमा मात्र क्रसिङ गरेको छ । जिल्लमा बर्सेनि ११ देखि १२ हजार बिघामा उखु उत्पादन हुँदै आएपनि यस बर्ष भने पाँच देखि ६ हजार विघामा मात्र उखु खेती भएको उखु उत्पादक सङघ रौतहटले जनाएको छ । त्यस्तै, गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको ३८ करोड रुपैयाँ बक्यौता रकममध्ये ३५ करोड रुपैयाँ मात्रै भुक्तानी गरेको छ । मिल बन्द भएपछि हाल मिलको प्रशासनिक सेवासमेत बन्द भएकाले किसानले बाँकी तीन करोड रुपियाँ भुक्तानी पाउन नसकेको उखु उत्पादक सङ्घ रौतहटले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित