- Loading...
पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा
- कृषि टि.भी.
- १ साल अघि
- १२१ पटक पढिएको


सलोम एग्रीकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पुरा भएको छ । भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरको हलमा चैत ९ गतेदेखि १२ गतेसम्म हुने एक्स्पोको तयारी ९९ प्रतिशत तयारी पुरा भएको नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घले जनाएको छ । कृषि यान्त्रीकरण प्रदर्शनीसँगै कृषि कर्जा मेला पनि आयोजना गरिएको छ । मेलामा करिब ३० देशका २ हजार भन्दा बढि मेशिन हरु राखिने छ । प्रर्दशनीमा जमिन तयार गर्ने मेशिनदेखि हार्डवयस्ट गर्ने सम्मका मेसिन, ग्रीन हाउस, थोपा सिँचाई, नेपालमा बनेका कृषि मेसिनरी, उन्नत बीउ बिजन, प्राङगारिक मल, बागवाणीमा प्रयोग हुने यन्त्र औजार, मत्स्य पालनमा आवश्यक पर्ने मेशिनहरू राखिने छ । प्रदर्शनिमा १५० स्टल हुनेछन् । प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सङ्घको संयुक्त आयोजनामा गर्न लागिएको हो । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण औद्योगीकरण ,आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।


