FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारले ल्याए वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

    • कृषि टि.भी.
    • १ साल अघि
    • २५ पटक पढिएको
    सरकारले ल्याए वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका

    पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्ग छेउछाउमा सडक, नहर तथा जलविद्युत जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो । गत महिना चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा सडक निर्माणका लागि बनाइएको खाडलमा परेर एकसिङे बयस्क गैँडा मरेपछि सरकारले यो निर्देशिका ल्याएको हो । यसअघि विगत १० वर्षमा विभिन्न पूर्वाधार निर्माणक्रममा एक सयभन्दा बढी बाघ, गैँडा, हात्तीजस्ता दुर्लभ वन्यजन्तुको मृत्यु भएको थियो । वन्यजन्तुको आवतजावतलाई सुरक्षित बनाई दुर्घटनाबाट हुने क्षतिलाई कम गर्न र मानव, वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न निर्देशिकामा अति संवेदनशील क्षेत्र र अन्य क्षेत्र भनेर वर्गीकरण गरिएको छ । अति संवेदनशील निकुञ्ज, आरक्ष, जैविक मार्ग तथा रामसार सूचीमा सूचीकृत क्षेत्र आसपासमा पूर्वाधार योजना छनोट चरणमै प्राविधिक अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । प्राविधिक टोली गठन गर्दा पूर्वाधार विज्ञसँगै वन तथा वन्यजन्तु विज्ञको अनिवार्य सहभागिता व्यवस्था गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित