- Loading...
आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो
- कृषि टि.भी.
- १ साल अघि
- २३ पटक पढिएको


चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२ दशमलब १३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले विभिन्न देशमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको आयात ३८.६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो । आठ महिनामा नेपालको निर्यात व्यापार ८२ दशमलब ९० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।


