- Loading...
धमला डेरीका दूध ढुवानी सवारी साधनलाई प्रतीक चिन्ह प्रदान
- कृषि टि.भी.
- १ साल अघि
- ५४ पटक पढिएको


काठमाण्डौं । धमला डेरीका सवारी साधनलाई राष्ट्रिय दुग्ध विकासद्वारा एक कार्यक्रमका विच ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्यालले लोगो हस्तान्तरण गरिन । दुग्ध उद्योग, कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका बेला गाडीमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्दा सबैलाई सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल लगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा बेला बेला हुने रोकावट लोगोको प्रयोगबाट हुट्ने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।
अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति पुग्ने हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी प्रगोग गर्न सुरु गरेको हो । दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको थियो ।
दुग्ध विकास संस्थान एवं दुग्ध उद्योग व्यवसायीलाई सहजरुपमा दूध ढुवानी गर्ने सवारी साधनलाई लोगो लगाउने कार्यबाट किसानलाई आर्थिकरुपमा समृद्धि कायम हुनुका साथै मुलुकमा रोजगारी समेत वृद्धि हुने कुरा उपमेयर सत्यालले धारणा राखिन । दूध बोकेका सवारी साधनलाई निर्वाध रुपमा आवतजावत सहज होस् भत्रे उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले धमला डेरी, भक्तपुरमा दूध ढुवानी गर्ने सावारी साधनमा प्रतीक चिह्न लोगो टाँस गरिएको कुरा बोर्डका प्रशान प्रमुख बिदुर राईले बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्ड ललितपुरद्वारा दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) को प्रचार प्रसार अलि गर्नु पर्ने कुरा निजि डेरीमा पहिलो पटक लोगो प्रयोग गर्ने हिमालयन डेरीका निर्देशका रविन्द्र हुमागाईंले आफ्नो अनुभवका आधारमा बताए । लोगो प्रयोग पछि बिना अवरोध ल्याएको दूध समयमा पुग्ने र गुणस्तरीय दूध उपभोक्ताले प्राप्त गर्न सहज हुने कुरा लोगो प्राप्त गर्ने धमला डेरीका निर्देशक दिप प्रसाद धमलाले बताए ।

दुग्ध विकास संस्थानको काठमाडौँमा सञ्चालित सबै दूध बोक्ने गाडीमा लोगो लगाइसकिएको र अब बाँकी अरु डेरीले पनि लोगो प्रयोग गर्न अनुरोध गरेको थियो । नेपाल सरकारले दुग्ध उत्पादन बोक्न सवारी साधनलाई सहज आवतजावतका लागि विसं २०७८ चैत १२ मा लोगो तत्कालीन प्रधानमन्त्री केपि ओलिले काठमाडौँमा अनावरण गरि पहिलो पटक सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहाल, सह–कोषाध्यक्ष दिप प्रसाद धमला, केन्द्रिय सदस्य रामभक्त दाहाल, मनोज कुमार घिमिरे, बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद धमला, उपाध्यक्ष गोपाल तिमल्सिना, काठमाडौ जिल्ला उपाध्यक्ष लिलानाथ दाहालको विशेष उपस्थिति रहेको थियो ।

