FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी र कृषि कर्जा मेला सुरु

    • कृषि टि.भी.
    • १ साल अघि
    • १६९ पटक पढिएको
    चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी र कृषि कर्जा मेला सुरु

    काठमाण्डौं । चितवनमा आजदेखि पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी र कृषि कर्जा मेला सुरु भएको छ । एक्स्पो भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरको हलमा सुरु भएको हो । मेला चैत ९ गतेदेखि १२ गतेसम्म हुनेछ । कृषि यान्त्रीकरण प्रदर्शनीमा करिब ३० देशका २ हजार भन्दा बढि मेशिनरी राखिएको छ । प्रर्दशनीमा जमिन तयार गर्ने मेशिनदेखि हार्डवयस्ट गर्ने सम्मका मेसिन, ग्रीन हाउस, थोपा सिँचाई, नेपालमा बनेका कृषि मेहिनरी, उन्नत बीउ बिजन, प्राङगारिक मल, बागवाणीमा प्रयोग हुने यन्त्र औजार, मत्स्य पालनमा आवश्यक पर्ने मेशिनहरू राखिएको छ । प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सङ्घको संयुक्त आयोजनामा गरीएको हो । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण औद्योगीकरण ,आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुचाउने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको हो । कृषिसँग जोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषि कर्जा मेलाको पनि आयोजना गरिएको हो । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने विश्वास लिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित