- Loading...
कृषि क्षेत्रमा अपेक्षाकृत विकास गर्न नसकेको कृषि मन्त्री यादवको स्वीकारोत्ति
- कृषि टि.भी.
- १ साल अघि
- ५४ पटक पढिएको



काठमाण्डौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरूपमा विकास गर्न नसकेको स्वीकारेका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपालमा व्यवसायीक कृषिको विकास र आधुनिकिकरण आजको आवश्यकता विषय अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्रीले यादवले कृषिमा अपेक्षितरुपमा विकास गर्न नसकेको स्वीकारेका हुन् । कृषि मन्त्री यादवले बजेट अभावको कारण मन्त्रालयले समग्र कृषि क्षेत्रको विकास गर्न नसकेको बताए ।
वार्षिक रुपमा कृषिमा छुट्याउने २.७ प्रतिशत बजेटले कृषिलाई आधुनिकिकरण,व्यवसायीकरण र नयाँ प्रविधि ल्याउन नसकिने बताए । कृषिलाई पूर्णरुपमा आधुनिकिकरण गर्नको लागि बजेट प्रयाप्त आवश्यक पर्ने भन्दै मन्त्री यादवले अहिलेको बजेट प्रयाप्त नभएको दाबी गरे । उनले सरकारले प्रयाप्त बजेट नभएता पनि भएको सिमित बजेटबाट कृषिलाई आधुनिकिरण गरेर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताए ।
बाँझो जमिन उपयोग मार्फत कृषि उत्पादन अभियान शुरु गरेको चेम्बरले सरकार, निजी क्षेत्र र सहकारी मार्फत उत्पादनदेखि बजारीकरणसम्म सहकार्य गर्न सरकारसंग प्रस्ताव गरेको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कृषि उत्पादनदेखि बजारीकरणलाई सहकारीको अवधारणामा लैजानुपर्ने बताएका थिए । आफ्नै जमिन बाँझो राखेर चामल, मकै, तरकारी, फलफुल, घिउ तेल, चिनी समेत आयत गर्दा मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको उनको भनाई छ ।

