FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवन जिल्लामा एक सय ७९ क्षेत्रमा कृषि गणना गरिदैं

    • कृषि टि.भी.
    • १ साल अघि
    • १५६ पटक पढिएको
    चितवन जिल्लामा एक सय ७९ क्षेत्रमा कृषि गणना गरिदैं

    काठमाण्डौं । सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत चितवन जिल्लामा १ सय ७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई विभाजन गरी गणना गर्न लागिएको हो । जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन् ।

    कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०÷१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिने छ । सोह सुपरिवेक्षक र ६४ गणक परिचालन गरिने उनले बताए । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ । यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन् ।

    कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित