- Loading...
तनहुँको बन्दीपुरका ४६ घरपरिवारलाई लालपूर्जा वितरण
- कृषि टि.भी.
- १२ महिना अघि
- १६ पटक पढिएको


काठमाण्डौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले तनहुँको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई जग्गा धनी दर्ता प्रमाण पूूर्जा वितरण गरेकी छन् । तनहुँको बन्दीपुर गाउँपालिकाको गाउब्लकमा रहेका ४६ घरपरिवारलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले केही समय भित्रै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितले जग्गाको लालपूर्जा पाउने गरी राष्ट्रिय भूमि आयोग मार्फत काम भइरहेको बताइन् । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमानदार भएर लाग्न आग्रह पनि गरिन् । मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको पनि बताइन् । त्यस्तै,े चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई पनि जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरीएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिविहिनहरुलाई लालपूर्जा वितरण गरिएको हो ।।


