FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

    • कृषि टि.भी.
    • १२ महिना अघि
    • १७ पटक पढिएको
    किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

    काठमाण्डौं । बन्दिपुर गाउँपालिकाले आज स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । एक्काइस २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो । गाउँपालिका मातहतका छवटै वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेर ल्याइ वितरण गरिएको हो ।

    व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “किसानलाई प्रोत्साहन गर्न अनुदानमा कृषि औजर उपलब्ध गराएका हौँ”, उनले भने, “किसानलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।”
    मिनीटिलरले बाँझो जमिन जोत्ने र खेती लगाई धेरैभन्दा धेरै उत्पादन गरेर खाद्य बालीमा आत्मनिर्भर बन्न सहयोग पु¥याउने, व्यावसायिकरुपमा पशुपालन गरेका किसानलाई थोरै समयमा धेरै घाँस काट्न सकिने र छोटो समयमा कुटानी पिसानी गर्न सकिने भएकाले त्यस्ता उपकरण वितरण गरिएको हो ।

    खानेपानी आयोजना निर्माण
    बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको निर्माण भएको छ । खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो । रु एक करोड ५१ लाखको लागतमा निर्मित आयोजना यही चैत १८ गते शभारम्भ गरिने आयोजनाका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । उक्त आयोजनाबाट वितरित खानेपानीबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका २२५ घरधुरी लाभान्वित हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित