FLASH NEWS
- Loading...
सञ्जिव झा नियुक्त
- कृषि टि.भी.
- १ साल अघि
- १५ पटक पढिएको


काठमाण्डौं । सरकारले सरकारी स्वमित्वको दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जिव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा झालाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पुसमा तत्कालीन महाप्रबन्धक रुद्र पौडेलको कार्यकाल सकिए पछि कृषि मन्त्रालयले माघ १० गते खुला प्रतिस्पर्धाबाट नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । संस्थानको प्रशासन विभाग प्रमुखमा बहाल भएकै बेला झा महाप्रबन्धक नियुक्त भएका हुन् । झा संस्थानको बजार र प्रशासन महाशाखामा लामो समयदेखि कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस
