FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानमा उत्साह थप्दै ग्रीन सिटी परियोजना

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १९ पटक पढिएको
    किसानमा उत्साह थप्दै ग्रीन सिटी परियोजना

    काठमाण्डौं । बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको ग्रीन सिटी परियोजनाले कृषि पेशा गर्दै आएका किसानमा उत्साह थपेको छ । परम्परागत रुपमा गर्ने गरिएको कृषि कार्यलाई आधुनिक रुपमा सञ्चालन गर्न परियोजनाले प्रोत्साह गरेको खजुरा गाउँपालिका– ३ का अगुवा किसान मानबहादुर भण्डारीले बताए । उनले कोरोनाले थला परेका किसानलाई परियोजनाले आधुनिक कृषि कार्य गर्न हौसला प्रदान गरेको उल्लेख गरे ।

    खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान गेहेन्द्र्र धितालले कृषिमा राम्रो गर्न खर्चिलो प्रविधिबिनै पनि काम गर्न सकिने परियोजनाले सिकाएको बताउँदै त्यसका लागि इच्छाशक्ति आवश्यक रहेको बताए । उनले कृषि कार्य गर्दै आएका आफु जस्ता किसान दाजुभाइलाई परियोजनाले उत्साह थपेको उल्लेख गरे । यो किसानको लागि खजुरामा सबै भन्दा ठूलो र गौरवको योजना भएकाले धेरै भन्दा धेरै किसानलाई समेट्नुपर्ने उनको सुझाव थियो ।
    यसको अध्ययनका लागि परियोजना अन्तर्गत पहिलो चरणमा कृषि तथा पशुपालन रोजिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनका अनुसार, थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दिगोपनाका लागि कृषि तथा पशुपालक किसानलाई अनलाइन तालिम दिइएको छ । तालिममा कृषि र पशुपालन गर्ने खजुराका ३० किसानको सहभागिता थियो ।

    परियोजनाको सुरुआतमा कृषिलाई प्राथमिकता दिइएको जनाए । खजुरालाई व्यवस्थित ग्रीन सिटीको रुपमा विकास गर्न उज्वेगिस्तानको राजधानी तास्कन्दमा युनाइटेड नेशन अफ साउथ कर्पोरेशन र खजुरा गाउँपालिकाबीच सम्झौता पश्चात टोलीले खजुराको स्थलगत अवलोकन गरेर पहिलो चरणमा तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख पुनम पोखरेलले जानकारी दिए । अध्यक्ष कक्षपतिले परियोजनाको सुरुवात भइसकेको बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा लागू गर्न आफूले सम्बन्धित निकाय सामु पहल गरिरहेको बताए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले यो परियोजना खजुराको विकासका लागि ठूलो अवसर रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित