FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • म्याग्दीका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम

    • कृषि टि.भी.
    • १२ महिना अघि
    • २० पटक पढिएको
    म्याग्दीका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम

    काठमाण्डौं । म्याग्दीमा चालु आर्थिक वर्षददेखि ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयन आएको छ । पोषण अवस्थाको सुधारका लागि जिल्लाका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाको पोषण अवस्था सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।
    केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि किसान समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिए । छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु तीस लाख बजेट विनियोजन भएको छ ।

    कम्तीमा १० घरधुरी संलग्न हुने गरी क्षेत्र बनाएर कृषि सहकारी र समूहले आवेदन पेस गर्न सक्ने कृषि प्रसार अधिकृत पाण्डेले बताए । ताजा तरकारी खेती, कुखुरापालन, प्लाष्टिक घर निर्माणका लागि किसानले कूल लागतको ९० प्रतिशत अनुदान पाउनेछन् ।

    एक वटा समूहका लागि रु पाँच लाखका दरले अनुदान दिइने भएको छ । पोषण सुरक्षण कार्यक्रम निर्देशक समितिले पोषण अवस्था कमजोर भएका वडामा कार्यक्रम सञ्चालन गर्न छनोट गरेको थियो । बेनी नगरपालिकाको ३, ५ र ९, मङ्गला गाउँपालिकाको ३, ४ र ५, मालिकाको २, ३ र ४, धवलागिरीको २, ४, ५ र ६, रघुगङ्गाको ६, ७ र ८ तथा अन्नपूर्णको ६, ७ र ८ नम्बर वडामा कार्यक्रम लागू गरिएको हो ।

    पोषण सुधारका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा म्याग्दीका स्थानीय तहहरुले रु ४५ लाख बजेट विनियोजन गरेका छन् । उपाध्यक्ष(अध्यक्षसँग आमा कार्यक्रममार्फत गर्भवतीलाई अण्डा, सुत्केरीलाई घ्यू, कुखुरा, सरसफाइका सामग्री वितरण गर्ने कार्यक्रम बनाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित