
- Loading...
चितवनका ८ ठाउँमा बर्ड फ्लु देखियो
- कृषि टि.भी.
- ११ महिना अघि
- १८ पटक पढिएको


चितवनका ८ ठाउँमा एकै पटक बर्ड फ्लु पुष्टि भएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा सबैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका किसानको फार्ममा पालिएको कुखुरामा बर्डफ्लु भेटिएको हो । ती ८ फार्ममध्ये ३ फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पक्षी नष्ट गर्ने निर्णय भएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अधिकृत प्रभात न्यौपानेले जानकारी दिए ।
उनका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ । यस अघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो । जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारी सहितको विज्ञ टोली चितवन पुगेको छ । हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको छ ।


