FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मिडिया मोनिटरिङ कार्यक्रम सम्पन्न

    • कृषि टि.भी.
    • १२ महिना अघि
    • १७ पटक पढिएको
    मिडिया मोनिटरिङ कार्यक्रम सम्पन्न

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यवस्थापन एकाई खुमलटार ललितपुरले आयोजना गरेको एक हप्ते मिडिया मोनिटरिङ कार्यक्रम सम्पन्न भएको छ । भ्रमण कार्यक्रम २०७८ चैत्र ११ देखि १७ गतेसम्म संचालन भएको थियो । मिडिया मोनिटरिङ कार्यक्रम अन्र्तगत परियोजना द्वारा अनुदान सहयोग प्राप्त विभिन पकेट, ब्लक, जोन तथा सुपरजोनको भ्रमण तथा अनुगमन गरिएको थियो।
    जस अन्तर्गत नवलपरासी पूर्वमा रहेको तरकारी खेति, सुन्तलाजात फलफुलको क्षेत्र विस्तार, बर्दियामा संचालित कस्टम हायरिङ्ग सेन्टर, चैते धान तथा बिउ भण्डारण , कैलालीमा गहु बालीको अवलोकन, धनगढी नगरपालिका क्षेत्रमा रहेको कस्टम हायरिङ्ग सेन्टर तथा बिउ संकलन केन्द्र र डडेलधुरामा विस्तार भएको आलु खेति र कोल्ड स्टोर अवलोकन तथा अनुगमन गरिएको थियो। भ्रमणमा कृषि टेलिभिजन लगायत विभिन्न संचार माध्यममा कार्यरत र कृषि विधामा रीपोटिङ गरीरहेका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
    अनुगमनबाट परियोजनाले गरेको अनुदान सहयोगले जोन तथा सपुर जोनका कृषक, कृषि व्यवसायी तथा कृषिसँग सम्बन्धित सहकारीहरू कसरी लाभान्वित भएका छन् ,परियोजनाको कृषि क्षेत्रमा योगदान र आगामी दिनमा सुधार गर्नु पर्ने विषयमा किसानदेखि मिडियास्तरसम्ममा छलफल भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित