FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि गणनाका लागि तनहुँमा १६७ केन्द्र

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • १९ पटक पढिएको
    कृषि गणनाका लागि तनहुँमा १६७ केन्द्र

    |sfe|]sf] …gn]h kfs{Úsf] kf;f] sf7df8f}F, @) r}t M sfe|]knf~rf]ssf] gdf]a'4 gu/kflnsf–s'FOs]n y'Dsfsf OGb|axfb'/ s'FOs]nsf] t/sf/L af/Ldf agfOPsf] …gn]h kfs{Údf sL/f Joj:yfkgsf nflu /flvPsf] ljleGg k|sf/sf kf;f] . oxfF ;~rflnt gn]h kfs{n] ls;fgnfO{ afnL nufpg / h}ljs ljiffbL k|of]u u/L pTkfbg a9fpg ;xof]u k'¥ofPsf] 5 . tl:a/ M gf/fo0f 9'ª\ufgf÷/f;;

    तनहुँ । राष्ट्रिय कृषिगणनका लागि तनहुँमा १६७ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०–१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो ।

    आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म करिब ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत नवराज पोख्रेलले जानकारी दिए । उनका अनुसार तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकामा १६७ गणना क्षेत्र तोेकिएको छ ।

    उक्त क्षेत्रका करिब चार हजार १७५ जना कृषक परिवारको छनोटपश्चात गणनाकार्य अघि बढाइनेछ । उनका अनुसार भानु नगरपालिकामा २०, व्यासमा १८, शुक्लामा १८, भिमादमा १७ गणना क्षेत्र कायम गरिएको छ । त्यसैगरी म्याग्दे गाउँपालिका १६, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ वटा गणना क्षेत्र रहेका छन् ।

    चैत १५ गतेदेखि २१ गतेसम्म गणक तथा सुपरीवेक्षकहरूको तालिम प्रदान गरेपछि फिल्डमा तथ्याङ्क सङ्कलनका लागि पठाइने उनले बताए । पहिलो चरणमा गणकहरूले छानेका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगेर तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिनेछ ।

    त्यसैगरी दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरीवेक्षकद्वारा छानिएका कृषक परिवार औषतमा २५ वटामा पुगी गणकहरूद्वारा कृषक परिवार प्रश्नावली फार्ममार्फत कृषकको तथ्याङ्क लिइनेछ । कृषकले चलन गरेको जग्गा तथा पशुपक्षी पालन, अन्य खेती, वातावरणलगायत विविध विषय सम्बन्धी विस्तृत विवरण सङ्कलन गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित