FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • २५ पटक पढिएको
    इच्छाकामना गाउँपालिकामा भूमिहीनलाई निस्सा वितरण

    काठमाडौं । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपूर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निरप्रसाद लामिछाने, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडी र गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले सोमबार एक कार्यक्रमका बीच संयुक्तरुपमा निस्सा वितरण सुरु गरेका हुन् ।

    राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य लामिछानेले लालपूर्जा पाउनेमा ढुक्क हुन सबैमा आग्रह गरे । उनले भने, “लालपूर्जा पाउनेमा तपाईंहरु ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसँग समन्वय गरी जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडि बढाउने छौँ ।”

    सो कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार २० जनालाई निस्सा वितरण गरिएको छ । निस्सा पाएपछि स्थानीयवासी खुसी भएका छन् । निस्सा पाएपछि चाँडै लालपूर्जा पाउने आशा व्यक्त गर्दै उपस्थित भूमि आयोगका सदस्य र जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यवाद दिए ।

    गाउँपालिका कार्यालय सेवा केन्द्र प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा जग्गाका लागि तीन हजार ३८९ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नं ७ मा सबैभन्दा बढी एक हजार ५१० भूमिहीन दलित र सुकुम्वासी रहेका छन् । वडा नं ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसँगै निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाइ छ । अन्य वडाको पनि भूमि आयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकाले चाँडै निस्सा वितरण गरिने उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित