FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि उद्यमी आनन्द भन्छन्, कृषि क्षेत्रमा राज्यको निति नियम किसानमुखी नहुँदा अपेक्षाकृत मुनाफा लिन सकिएन

    • कृषि टि.भी.
    • ११ महिना अघि
    • २२ पटक पढिएको
    कृषि उद्यमी आनन्द भन्छन्, कृषि क्षेत्रमा राज्यको निति नियम किसानमुखी नहुँदा अपेक्षाकृत मुनाफा लिन सकिएन

    काठमाण्डौं । उनी हुन् व्यवसायकि किसान आनन्द न्युरे । चितवन भरतपुर प्रेमवस्तीका आनन्द न्युरेले युनिक गाईपालन फार्म सञ्चालन गरेर व्यवसाय शुरु गरेको १५ वर्ष भयो । उनको फार्ममा ६० देखि ७० वटा सम्म गाई छन् । व्यवसायिक कृषक समाज नेपालको केन्द्रिय अध्यक्ष समेत रहेका आनन्द न्युरे कृषि क्षेत्रमा राज्यको निति नियमनै कै कारण कृषकलाई धेरै चुनौतीको सामना गर्नुपरेको बताउँछन् । उनी भन्छन्, गाईपालन व्यवसाय राम्रो मुनाफा लिनसक्ने व्यवसाय हो । तर, राज्यका नीति नियम किसानमुखि नहुदाँ कृषि क्षेत्रबाट अपेक्षाकृत मुनाफा लिन सकिएको छैन ।

    विकसित मुलुकहरुमा पशुपन्छि पालन तथा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई राज्यबाट हेर्न दृष्टिकोट र किसानमुखी नीती नियम छन् । कृषि पेशा र अन्य पेशामा लागेकाहरुबीच गर्ने व्यवाहार समान छ, कम लागतमा धेरै उत्पादन लिन आर्थत उत्पादन बढाउन कृषि आधुनिक कृषि सामाग्रीहरु वितरण गाराईएको छ र कृषि क्षेत्रमा आवद्ध किसानहरु सम्पन्न र सफल छन् । तर, नेपालमा नेपाल सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको आनन्द न्युरेले गुनसो गरेका छन् ।

    कृषि मन्त्रालय अन्तर्गतको गतिविधिहरु पनि पूर्णरुपले किसान मैत्री नहुदाँ सम्भावना भएको व्यवसायको अवस्था सामान्य रहेको उनको भनाई छ । उनले गाईपालन व्यवसायलाई राम्रोसँग व्यवस्थित गर्न सके व्यवसाय नाफा मुलक र सिंगो राष्ट्रको नै आर्थिक स्तर उकास्न धेरै सहयोग पुग्ने बताएका छन् ।

    किसानलाइ प्रोत्साहित गर्न राज्यले अनुदान, कृषि सामाग्री, वीउ विजन वितरण गरेका छन । तर, राज्यले कृषि क्षेत्रमा गरेको यस्ता लगानी पर्याप्त छैन । व्यवसायिक रुपमा कृषि क्षेत्रमा लागेका कृषकहरुलाइ पर्याप्त सहुलियत दरमा ऋण उपलब्ध, उत्पादनको आधारमा अनुदान दिने हो भने कृषि क्षेत्रमा गरेको लगानी प्रभावकारी हुन सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित